२०८३ बैशाख २३ गते , बुधबार

नेत्रहीन युवालाई स्वास्थ्य सामग्री वितरण

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १५ गते , सोमबार
नेत्रहीन युवालाई स्वास्थ्य सामग्री वितरण

झापा । नेत्रहीन युवा सङ्घ झापा शाखाले ४० जना सदस्यहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । लामो समयदेखि विशेष गरी युवाहरूको शिक्षा, स्वास्थ्य, अधिकार र रोजगारको क्षेत्रमा काम गर्दै आइरहेको सङ्घले कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिमा दृष्टिविहीन युवाहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै ४० जना युवा सदस्यहरूलाई कात्तिक १३ गते मास्क, स्यानिटाइजर, मन्जन, ब्रस, साबुन, सेनिटरी प्याड, हेन्ड वासलगायतका सामग्री वितरण गरेको हो ।

‘दृष्टिविहीन व्यक्तिहरूले धेरैजसो कुराहरू छोएर नै थाहा पाउने भएको हुनाले संक्रमणको सम्भावना अत्यधिक हुन्छ। त्यसै कारण पटक पटक हात धोइरहन र सफा गरिरहन सहज होस् भनेर स्यानिटाइजरलगायत हेन्ड वास दिएका हौ। त्यस्तै भिडभाडमा जाँदा प्रयोग गर्न मास्कलगायत शरीर सफा राख्नका लागि साबुन, मन्जन, ब्रस र सेनिटरी प्याड पनि दिएका छौँ’ नेत्रहीन युवा सङ्घ झापा शाखाका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले भने । यो समयमा अत्यन्तै उपयोगी सामग्री संस्थाले वितरण गर्दा आफूलाई अत्यन्तै खुसी लागेको सदस्य जेठा मुर्मुले बताए ।

सम्बन्धित समाचार