२०८३ बैशाख ३ गते , विहीबार

एमाले भद्रपुर अध्यक्षमा ब्रह्मलाल ढुङ्गाना निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १३ गते , शनिबार
एमाले भद्रपुर अध्यक्षमा ब्रह्मलाल ढुङ्गाना निर्वाचित
भद्रपुर । नेकपा एमाले भद्रपुर नगर कमिटीको अध्यक्षमा ब्रह्मलाल ढुङ्गाना विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनपछि सम्पन्न मतगणना अनुसार लक्ष्मण पोख्रेललाई पराजित गरी ढुङ्गाना नगर अध्यक्षमा विजयी भएका हुन् । ढुङ्गानाले १६६ मत पाउँदा पोख्रेलले मात्र ३१ मत ल्याएका छन् ।
त्यस्तै सचिवमा घनश्याम लकान्द्री १२५ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रमेश आचार्यले ४१ मत पाएका छन् । त्यस्तै डिल्ली रमण नेपालले १५ मत ल्याएका छन् । उपसचिवमा १७१ मत ल्याई किरण कार्की र १४३ मत ल्याई कौशिला अधिकारी विजयी भएका छन् । यसअघि उपाध्यक्षमा भीम केरुङ सर्वसम्मत भएका थिए । निर्वाचनमा २०४ मत खसेको थियो ।

सम्बन्धित समाचार