२०८३ बैशाख २३ गते , बुधबार

थपिए ५४९ कोरोना संक्रमित, ६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १२ गते , शुक्रबार
थपिए ५४९ कोरोना संक्रमित, ६ जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर थप ५ सय ४९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ७ सय ४६ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ५ सय ४९ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, यही समयमा थप ६ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ५ सय ६९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १० हजार १ सय ५१ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित समाचार