२०८३ बैशाख ३ गते , विहीबार

एमाले अध्यक्षका लागि भद्रपुर, बाह्रदशी, कचनकवल र अर्जुनधारामा यस्तो छ उम्मेदवारीको दाबी

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १० गते , बुधबार
एमाले अध्यक्षका लागि भद्रपुर, बाह्रदशी, कचनकवल र अर्जुनधारामा यस्तो छ उम्मेदवारीको दाबी
भद्रपुर । नेकपा एमाले भद्रपुरको प्रथम नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि पाँच जनाले उम्मेद्वारी दिएका छन् ।
जगत् न्यौपाने , लक्ष्मण पोखरेल , कालिचरण बस्नेत , ब्रह्मलाल ढुङ्गाना र लोकनाथ भट्टराईले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेद्वारी परेको छ । डिएल राजवंशी , कहरसिंह राजवंशी , निर्माण नेपाल , भीम केरुङ , गोमा घिमिरेलगायतले उपाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका हुन् । त्यस्तै सचिवमा ३ जनाको उम्मेद्वारी परेको छ । घनश्याम लकान्द्री , डिल्ली रमण नेपाल र रमेश आचार्यले सचिवमा उम्मेद्वारी दिएका हुन् । त्यसैगरी दुई उपसचिवमा ९ जनाको उम्मेद्वारी परेको छ । भद्रपुरमा एमालेको ७५ सदस्यीय नगर कमिटी निर्माण हुँदैछ । अधिवेशनमा करिब २५० नगर प्रतिनिधिले भाग लिदैछन् । हिजो उम्मेद्वारी दर्ता भएपछि आज दिनभरि सर्वसम्मतको प्रयास गरिने र आज नभए भोलि पनि प्रयास जारी रहने अध्यक्ष मण्डलका असारु राजवंशीले जानकारी दिए ।

त्यस्तै नेकपा एमाले बाह्रदशी गाउँ कमिटीको अध्यक्षका लागि ८ जनाको उम्मेद्वारी परेको छ । टङ्कप्रसाद आचार्य , दलबहादुर थापा , बुद्धराज कार्की , तोयानाथ पोखरेल , जयनारायण आचार्य , दीपेन्द्र बराल , धर्म उप्रेती र नवराज दाहालले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्षमा गङ्गाराम धिताल र शेरबहादुर तामाङले उम्मेद्वारी दिएका छन् । त्यसैगरी एक सचिव पदमा ४ जनाले दाबी गरेका छन् । भक्तबहादुर लिम्बु ,रामप्रसाद सापकोटा , घनेन्द्रप्रसाद ढकाल र फणीन्द्रबहादुर कट्वालले सचिव पद रोजेका हुन् । त्यस्तै दुई उपसचिव पदका लागि ६ जनाले दाबी गरेका छन् । गङ्गादेवी धमला , प्रेमबहादुर श्रेष्ठ , टङ्कमाया धिताल , भोला दंगाल ,शम्भुसिंह राजवंशी र मनबहादुर राजवंशीले सो पदमा दावेदारी प्रस्तुत गरेका छन् ।

त्यस्तै नेकपा एमाले कचनकवलको गाउँ कमिटी अध्यक्षका लागि ४ जनाले उम्मेद्वारी दिएका छन् । नवराज भट्टराई , भक्त घिमिरे, तिलबहादुर राई र हरि घिमिरेले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्षमा सुबल राजवंशी , धनलाल राजवंशी , चेतराज भट्टराईलगायत गरी ५ जनाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी सचिवमा उमेश मिश्र , कुलबहादुर कार्कीलगायत ५ जनाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी उपसचिवमा मेनुका ढुङ्गाना, जीवन ढुङ्गानालगायत ३ जनाले उम्मेद्वारी दिएका छन् । हिजो सुरु भएको गाउँ अधिवेशनले ७२ जनाको गाउँ कमिटी सर्वसम्मत निर्माण गरेको थियो । तर , पदाधिकारी चयन हुन बाँकी रहेको छ । भोलिसम्म सर्वसम्मत गराउने प्रयास गरिने र त्यस अवधिसम्म सर्वसम्मत नभए कात्तिक १३ गते निर्वाचन कार्यक्रम घोषणा गरिने अध्यक्ष मण्डलका अध्यक्ष वसन्त बानियाले जानकारी दिए ।  त्यसैगरी नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा तीन जनाले उम्मेद्वारी दिएका छन् ।

प्रेम सागर सापकोटा , बलदेवसिंह गोम्देन र लोकनाथ गौतमले अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् । त्यस्तै, उपाध्यक्षमा ६ जनाको उम्मेद्वारी परेको छ । तुलसी श्रेष्ठ , चन्द्रकला राई , रोजिना पाण्डे , खगेन्द्र इङ्नाम ,दिलबहादुर सारू र लोकमान श्रेष्ठले उपाध्यक्षमा दाबी प्रस्तुत गरेका हुन् । त्यस्तै सचिवमा नारायणप्रसाद पराजुली , लव कुश गौतम र राजेशकुमार आचार्यले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै, दुई उपसचिव पदका लागि जनकलाल चम्लागाई , देवकुमार राई , कमलादेवी भण्डारी , दिलीप गुरुङ, राजकुमारी महतारा , रामप्रसाद आचार्य र सरिता भण्डारीले मनोनयन दर्ता गराएका छन् । हिजो उद्घाटन भएको प्रथम नगर अधिवेशनमा आज मनोनयन दर्ता गरिएको छ । सर्वसम्मतिमै नगर कमिटी चयन गर्ने गरी प्रयास जारी रहेको अध्यक्ष मण्डलका सदस्य नन्दलाल खतिवडाले बताए । अर्जुनधाराको नगर अधिवेशनमा २३१ जना नगर प्रतिनिधिले भाग लिएका छन् ।

सम्बन्धित समाचार