२०७८ मंसीर १३ गते , सोमवार

प्रदेश १ प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

प्रदेश १ प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित :: Times of Pradesh

झापा । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो । नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गरेर बैठक स्थगित भएको जानकारी दिए ।

कात्तिक ९ गते पार्टीको पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटीको बैठक तथा १२ र १३ गते पार्टीको केन्द्रीय कमिटीको बैठक भएकाले प्रदेशसभाको बैठक कात्तिक १५ गते मात्रै सञ्चालन गर्न एमालेले आग्रह गरेको थियो । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ मा भएका कारण प्रदेशसभा बैठक रोक्न निवेदन दिएको थियो ।

कांग्रेस र एमालेले विभिन्न कारण देखाएर प्रदेशसभा बैठब स्थगित गर्न माग गरेको भए पनि मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पद लम्ब्याउन र कांग्रेसले मुख्यमन्त्रीमा आफ्ना्े भाग खोज्नका लागि बैठक स्थगित गर्न खोजेको नेताहरुले बताएका छन् ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment