२०८३ बैशाख २३ गते , बुधबार

थपिए ५४५ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ४ गते , विहीबार
थपिए ५४५ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

झापा । देशभर ५ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ८ हजार ५ सय ४९ जनाको स्वाब परीक्षण गर्दा झण्डै साढे ५ सय संक्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार ६ हजार ५ सय ८६ जनाको पिसिआर र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको हो । गत २४ घण्टामा ७ सय २६ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ।

पछिल्लो विवरण अनुसार देशभर कोरोनाले थप ८ जनाको मृत्यु भएको छ । हाल ११ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार