२०८३ बैशाख २३ गते , बुधबार

प्रज्ञा एकेडेमीका पूर्व विद्यार्थीद्वारा मिर्गौला पीडित शिक्षक बदरूद्दिनलाई सहयोग रकम हस्तान्तरण

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १ गते , सोमबार
प्रज्ञा एकेडेमीका पूर्व विद्यार्थीद्वारा मिर्गौला पीडित शिक्षक बदरूद्दिनलाई सहयोग रकम हस्तान्तरण
भद्रपुर । मिर्गौला पीडित भद्रपुरका शिक्षक मोहम्मद बदरूद्दिनलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । प्रज्ञा एकेडेमी भद्रपुरका २०६२ ब्याचका विद्यार्थीहरूबाट सङ्कलन गरिएको ५३ हजार ३०६ रुपैयाँ शिक्षक बदरूद्दिनलाई हस्तान्तरण गरेका हुन् ।
पूर्व विद्यार्थी डिल्लीराम पोखरेलको संयोजन सो रकम सङ्कलन गरिएको हो । पोखरेलको नेतृत्वमा गएका विद्यार्थीहरूले सो रकम शिक्षक बदरूद्दिनलाई उनकै घरमा गएर हस्तान्तरण गरिएको जनाइएको छ । शिक्षक बदरूद्दिन माइली छोरी फरहत सोही ब्याचका विद्यार्थी थिइन । साथै शिक्षक बदरूद्दिनले प्रज्ञा एकेडेमीमा पढाएका पनि थिए ।
हाल भद्रपुर माविका शिक्षक बदरूद्दिनलाई मिर्गौला दान दिने व्यक्तिको तीव्र खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ। उनलाई मिर्गौला प्रत्यारोपणका लागि भारत लैजाने तयारी भइरहेको जनाइएको छ । उनको उपचारका लागि विभिन्न सङ्घसंस्था, शिक्षक, विद्यार्थीहरूले सहयोग रकम जुटाउन थालेका छन् ।  

सम्बन्धित समाचार