२०८३ बैशाख २३ गते , बुधबार
थपिए ४५५ कोरोना संक्रमित, ८ जनाको मृत्यु
झापा । पछिल्लो २४ घन्टामा चार सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार २ सय १४ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ४ सय ५५ जना संक्रमित थपिएका हुन्।
यस्तै आज ८ जना संक्रमितको मृत्यु भएको छ। आज ८ सय ४ जना संक्रमितले कोरोनालाई जितेका छन। भने हाल देशभर १३ हजार ८ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।