२०७८ कार्तीक ८ गते , सोमवार

भद्रपुरमा बंगाली समुदायले मनायो महाअष्टमी पर्व (हेरौं तस्बिरमा)

भद्रपुरमा बंगाली समुदायले मनायो महाअष्टमी पर्व (हेरौं तस्बिरमा) :: Times of Pradesh

झापा । भद्रपुरमा महाअष्टमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी भव्य रूपमा मनाएका छन् । बंगाली समुदायले हरेक वर्ष झैँ यसबर्ष पनि महाअष्टमी पर्व हर्सोउल्लासका साथ मनाएका हुन् ।

नेपाल बंगाली समाज र बंगाली युवा क्लबद्वारा भद्रपुर- ६ मा आयोजित २३ औं सार्वजनिक दुर्गा पूजा स्थलमा व्रतालुहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी महाअष्टमी पर्व मनाएको आयोजक समितिका संयोजक अमूल्य मण्डलले जानकारी दिए ।  


बंगाली समुदायका महिला, पुरुष तथा बालबालिकाहरू महाष्टमीमा विशेष पूजाआजा गर्दै खुसी साटासाट गर्ने धार्मिक चलन रहेको छ । उनीहरूले आजका दिन व्रत बसी पूजा स्थलमा गएर दुर्गा मातालाई विशेष पूजाआजा गरी अञ्जली अर्पण गरेका थिए । यस समुदायका महिलाहरू रातो सारी सजिएर महाष्टमी पूजा गर्ने चलन छ । अघिल्लो वर्ष कोरोना महामारीले सार्वजनिक दुर्गा स्थगन गरिएको थियो ।


यस वर्ष स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पूजा गर्न अनुमति दिएपछि पूजा स्थलमा व्रतालुहरूको उल्लेखिय उपस्थिति रहेको संयोजक मण्डलले बताए । भद्रपुरमा बितेका वर्षहरूमा विभिन्न स्थानमा सार्वजनिक दुर्गा पूजाको आयोजना गर्र्थो । तर, बिस्तारै सबै सार्वजनिक दुर्गा पूजा बन्द भए पनि बंगाली समुदायले आफ्नो धर्म संस्कृतिलाई जोगार्नका लागि यस पूजालाई निरन्तरता दिँदै आइरहेको छ ।