२०७८ कार्तीक ८ गते , सोमवार

भद्रपुरमा सेफ्टी ट्याङ्की गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

भद्रपुरमा सेफ्टी ट्याङ्की गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु :: Times of Pradesh

झापा । सेफ्टी ट्याङ्की गाडीले ठक्कर दिँदा झापामा एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ६ निवासी ६० वर्षीय महेश सिंह राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार बुधवार बिहान भद्रपुर ४ स्थित रंगेडाडामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी ट्याङ्कीको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्री राजवंशीलाई तत्काल उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

यता वडा प्रहरी कार्यालय भद्रपुरले सेफ्टी ट्याङ्की गाडी, चालक भद्रपुर- १० निवासी २१ वर्षीय आमसमणी टुडुलाई नियन्त्रणमा लिएको छ  ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment