२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : आज थपिए ७८५ संक्रमित, १२ जनाको मृ्त्यु
झापा । पछिल्लो २४ घन्टामा देशभर ७ सय ८५ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार १ सय ९५ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ७ सय ८५ जना संक्रमित भेटिएका हुन्।
आज १२ जना संक्रमितको मृत्यु भएको विवरणमा उल्लेख छ। यस्तै आज ८ सय ८८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १४ हजार ७ सय ८७ जना सक्रिय संक्रमित रहेकोसमेत मन्त्रालयले जनाएको छ।