२०८१ बैशाख ७ गते , शुक्रबार

दुई लाख महिलाहरुको पूर्वाञ्चल क्यान्सर अस्पतालले निःशुल्क उपचार गर्ने

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २५ गते , सोमबार
दुई लाख महिलाहरुको पूर्वाञ्चल क्यान्सर अस्पतालले निःशुल्क उपचार गर्ने

झापा ।  झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा महिलाहरुले निःशुल्क स्वास्थ्य जाँच गर्न पाउने भएका छन् ।विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर पुस महिनासम्म महिलाहरुको निःशुल्क स्वास्थ्य जाँच गर्न लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । 

अस्पताल परिसरमा आज आयोजित कार्यक्रमकाबीच कार्यकारी निर्देशक प्रसाईले महिलाहरुमा विशेष गरी क्यान्सर रोगको समस्या देखिने गरेको र अस्पलामा स्वास्थ्य जाँचका लागि आउने सम्पूर्ण महिलाहरुमा क्यान्सर रोग भए ÷ नभएको पत्ता लगाउन स्कृनिङ गर्दै, मेमोग्राम समेत गरिने भएको छ ।

मानिस स्वास्थ्य र सुखी रहनु पर्छ भन्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईले झापाका मात्रै दुई लाख महिलाको अस्पतालले निःशुल्क स्वास्थ्य जाँच गर्ने र दोस्रो चरणमा इलाम, पाँचथर, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्लाका महिलाको स्वास्थ्य जाँच गर्ने अस्पतालको कार्यक्रम रहेको बताए । 

सम्बन्धित समाचार