२०७८ कार्तीक ८ गते , सोमवार

एभरेस्ट क्विज सिजन २ को उपाधि न्युटन्स एजुकेसनले उचाल्यो

एभरेस्ट क्विज सिजन २ को उपाधि न्युटन्स एजुकेसनले उचाल्यो :: Times of Pradesh
झापा । मगमग एभरेस्ट क्विज सिजन २ को उपाधि न्युटन्स  एजुकेसन एकेडेमीले जितेको छ । आइतबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा न्युटन्सले उपाधि सँगै २५ हजार नगद, मेडल र ट्रफी हात पारेको हो । प्रतियोगिताको फस्ट रनर अफ ग्लोबल एजुकेश्नल एकेडेमी दमक र सेकेन्ड रनर अप मोडल कलेज दमक बन्न सफल भएका छन् । फस्ट र सेकेन्ड रनर अफले क्रमशः नगद सहित मेडल ट्रफी हात पारेका छन् । 
 ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेण्ट प्रालिको आयोजना, मनमग तयारी चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा प्रदेश १ का १ सय ४ बिद्यालय तथा कलेजहरूको सहभागिता थियो । ड्रिम्स वल्र्डले प्रत्येक वर्ष हाजिरी जवाफ कार्यक्रम सञ्चालन गरी आफ्नो एभरेस्ट टेलिभिजन एचडी मार्फत प्रसारण गर्दै आएको छ । कार्यक्रममा विजेता तथा उपबिजेताहरुलाई कार्यकारी निर्देशक सरोज खरेल तथा प्रोजेक्ट हेड रोहित दाहालले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिताको क्विज मास्टरको रुपमा प्रणीत पुडासैनी रहनु भएको थियो । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment