२०७८ कार्तीक ८ गते , सोमवार

विश्वभर एकै दिन थपिए साढे ४ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वभर एकै दिन थपिए साढे ४ लाखभन्दा बढी कोरोना संक्रमित :: Times of Pradesh

एजेन्सी । विश्वभर एकै दिन साढे ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४ लाख ५१ हजारमा संक्रमण पुष्टि भएको हो।

जसमध्ये अमेरिकामा सबैभन्दा धेरै ९६ हजार जनामा संक्रमण देखिएको छ। वेलायतमा ४० हजार ७००, टर्कीमा ३० हजार, रसियमा २७ हजार ५००, जर्मनीमा २२ हजार ४००, भारतमा २१ हजार ५०० र मलेसियामा ९ हजार ९००  जना संक्रमित थपिएका छन्।

यस्तै‚ सोही अवधिमा ७ हजार ७७३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा १ हजार ६४२, रसियामा ९२४, मेक्सिकोमा ७१३, ब्राजिलमा ४५१, जर्मनीमा ४११, भारतमा २७७, इरानमा २३३ र टर्कीमा २१७ जनाको मृत्यु भएको हो।

हालसम्म विश्वभर २३ करोड ७५ लाख ११ हजार संक्रमित भएका छन्। संक्रमितमध्ये ४८ लाख ४८ हजार ५२६ जनाको मृत्यु भएको छ भने २१ करोड ४६ लाख संक्रमणमुक्त भएका छन्। विश्वभर सक्रिय संक्रमितको संख्या एक करोड ८० लाख रहेको छ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment