२०८३ बैशाख २३ गते , बुधबार

प्रदेश १ मा थपिए ३२४ जनामा कोरोना संक्रमित, दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ८ गते , शुक्रबार
प्रदेश १ मा थपिए ३२४ जनामा कोरोना संक्रमित, दुई जनाको मृत्यु

झापा । आज प्रदेश १ मा ३२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।  ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा ८, धनकुटामा २, ओखलढुङ्गा र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको कनकाईमा १४, बिर्तामोडमा १२, भद्रपुरमा ११, दमकमा ९, मेचीनगरमा ८, शिवसताक्षी र बुद्धशान्तिमा ५-५, अर्जुनधारामा ३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २-२, गौरादह र हल्दिबारीमा १-१, सुनसरीको इटहरीमा ४०, धरानमा १६, इनरुवा र रामधुनीमा ३-३, वराहक्षेत्र, हरिनगर, दुहबी र गढीमा १-१, मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ७, बेलबारीमा ४, उर्लाबारीमा २, रंगेली, लेटाङ र बुढीगंगामा १-१, इलामको सूर्योदयमा ४, इलाम नगरपालिकामा २, मांसेबुङ र चुलाचुलीमा १-१, धनकुटाको महालक्ष्मी र पाख्रिबासमा १-१, ओखलढुङ्गाको सुनकोशी र उदयपुरको त्रियुगामा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज  २५६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२९ महिला र १२७   पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार