२०७८ कार्तीक ८ गते , सोमवार

भन्सार तिरेको सामान राजश्व अनुसन्धानको टोलीले नियन्त्रण लिएपछि भद्रपुरमा बबाल, प्रतिकारमा उत्रिए व्यापारी, भन्सार बन्द गर्ने चेतावनी

भन्सार तिरेको सामान राजश्व अनुसन्धानको टोलीले नियन्त्रण लिएपछि भद्रपुरमा बबाल, प्रतिकारमा उत्रिए व्यापारी, भन्सार बन्द गर्ने चेतावनी :: Times of Pradesh


(पार्थ मण्डल) झापा  राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुर भन्सार कार्यालयबाट राजश्व तिरेर निस्किएको सामानलाई नियन्त्रणमा लिएर इटहरी लैजान खोजेपछि यहाँका व्यापारी कारोबारीले त्यसको प्रतिकार गरेका छन्

व्यापारी कारोबारी प्रतिकारमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज प्रभावित बनेको थियो उनीहरू राजश्व अनुसन्धान कार्यालयको ज्यादतीविरुद्ध खुलेर विरोध जनाएका थिए घटना विवरण अनुसार अंशु इन्टरप्राइजेज बिर्तामोडको फर्ममा भद्रपुरका कपडा व्यापारी रञ्जित रायाले दुई पोका कपडा भन्सारमा राजश्व तिरेर ठेला भेनमा लैजाँदै थिए

भन्सारदेखि ५० मिटर प्रहरी चेकपोष्टमा इन्ट्री गराए लगतै राजश्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वको खटिएका टोलीले मङ्गलवार दिउँसो बजे सो ठेला भेन नियन्त्रणमा लिएको थियो सूचनाकै आधारमा को ५१६ नम्बरको गाडीमा राजश्वबाट कम्तीमा जनाको टोली भद्रपुर आएका थिए

नियन्त्रणमा लिएका दुई पोका कपडा अनुसन्धान अधिकृत ओझाले इटहरी लैजान लागेपछि भद्रपुरका व्यापारी कारोबारी एकजुट भएर त्यसको प्रतिकारमा उत्रिए उनीहरूले भन्सारमा राजश्व तिरेको सामान कुनै पनि हालतमा इटहरी लैजान नदिने भन्दै अडान लिँदै सडकमै घेरा हाले

राजश्वका अनुसन्धान अधिकृत ओझाले सामान इटहरी लैजाने आदेश आएको भन्दै आफ्नो अडान छाडेनन् दुवै पक्षको आआफ्नो अडान नछाडेपछि घटनास्थल केही बेर तनावपूर्ण बन्यो, स्थानीयको भिडभाड समेत बढ्यो त्यसपछि घटनास्थलमा झापा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, वडा प्रहरी कार्यालय भद्रपुरको टोली पुग्यो त्यसपछि अनुसन्धान अधिकृत ओझाले राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान दीपक खड्कालाई सम्पर्क गरेर घटनास्थलको बारेमा जानकारी गराए घटनास्थलको अवस्था बुझेपछि प्रमुख अनुसन्धान अधिकृत खड्काले नियन्त्रणमा लिएका सामान प्रहरी कार्यालय झापामा लगेर छानबिन गर्न मौखिक आदेश दिए

तर, व्यापारी कारोबारीले त्यस आदेशमाथि असहमति जनाउँदै वडा प्रहरी कार्यालय भद्रपुरमा लगेर छानबिन गर्न अनुसन्धान अधिकृत ओझालाई आग्रह गरे ओझाले पुनः प्रमुख अनुसन्धान अधिकृत खड्कालाई त्यस बारेमा जानकारी गराउँदै सामान वडा प्रहरी कार्यालय लैजानेमा सहमत भए

त्यसपछि वडा प्रहरी कार्यालय लगेर सामानको परिणाम गणना गर्यो सामान गन्दा भन्सारमा राजश्व तिरेको प्रज्ञापन पत्र भन्दा कम सामान भेटियो गणना गर्दा पोकामा २५२ पिस रेडिमेट सर्ट कटराइजको ज्याकेट ८० पिस भेटियो व्यापारी रायाले भन्सारमा २५० पिस रेडिमेट सर्टको ३२ हजार ८३९ रुपैयाँ ९० पिस ज्याकेटको ३३ हजार ३२ रुपैयाँ राजश्व तिरेको प्रज्ञापन पत्रमा उल्लेख भन्सारले व्यापारी रायालाई एक हजार ४२ रुपैयाँ (आइडी) प्यान्लटी रकम पनि तिर्न लगाएका थिए उनले जम्मा दुई पोकाको ६६ हजार ३२ रुपैयाँ भन्सारलाई राजश्व बुझाएको प्रज्ञापन पत्रमा देखिन्छ

सामानको परिणाम प्रज्ञापन पत्र अनुसार नै सही भए पनि अनुसन्धान अधिकृत ओझाले माथिको आदेश भन्दै आजै सामान छाडन नमिल्ने भन्दै पुनः आफ्नो अडान लिए उनले भने, ‘ आज रात परिसकेकोले सामान वडा प्रहरीलाई जिम्मा लगाएर हामी जान्छौ, सामानको भिसिटिएस नमिलेको मूल्याङ्कन रकम पनि छानबिन गर्नुपर्ने हुन्छ ’ ‘व्यापारी राया वा उनको फर्मका सञ्चालक अंशु अग्रवाललाई राजश्व अनुसन्धान कार्यालय इटहरीमा आज (बुधवार) उपस्थिति हुनुपर्छ, उनले भने अनुसन्धान अधिकृत ओझाको कुरा सुनेपछि झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु (राजु), भद्रपुर- नम्बर वडा अध्यक्ष बन्धु कार्की, व्यापारी कारोबारीहरूले पुनः त्यसको प्रतिकार गरे करिब घण्टासम्म वडा प्रहरी कार्यालयभित्र त्यही विषयमा विवाद भयो

विवाद भएपछि त्यस अवधिमा अधिकृत ओझाले बारम्बार कार्यालयका प्रमुख अनुसन्धान अधिकृत खडकालाई फोन गरे फोनमा प्रमुख अनुसन्धान अधिकृत खडकाले आज सामान नछाड्न व्यापारीलाई इटहरी बोलाएर कागजात गर्नुपर्ने एउटै कुरा अधिकृत ओझालाई दोहोराइ रहे

अधिकृत ओझाले निर्णय गर्न नसक्दा राजश्वका कर्मचारीमाथि त्यहाँ उपस्थिति वाणिज्य सङ्घ, जनप्रतिनिधि व्यापारीहरू खनिए कोभिड१९ का कारण देशको व्यापार तथा व्यवसाय धरायशी भइरहेको बेला राजश्वको टोलीले भन्सार तिरेको सामान नियन्त्रणमा लिएर व्यापारी दुःख दिने काम गलत भएको बताउँदै झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पनेरुले भने, भन्सारदेखि ५० मिटरभित्र राजश्वको टोलीले ठेला भेनमा निस्किएको सामान नियन्त्रणमा लिन पाउँछ रु सामान गलत भने लैजाओस्, प्रज्ञापन पत्र अनुसार परिणाम ठिक हुँदा पनि सामान छाडन नमिल्ने यो कस्तो कानुन हो ?बाटो सामान नियन्त्रण लिन मिल्ने, त्यसपछि यहाँ गणना गर्न मिल्ने, अनि त्रुटि केही नभेटिँदा भेटिँदै व्यापारीलाई किन इटहरी बोलाउनु पर्ने ?इटहरी कुनै व्यापारी जाँदैन, बरु भन्सार बन्द गर्नु पर्यो भने हामीपछि हटदैनौं, उनले भने

त्यस्तै वडा अध्यक्ष बन्धु कार्कीले राजश्व अनुसन्धान कार्यालयले काँकडभिट्टा भन्दा पनि भद्रपुरलाई गलत मनसायले हेर्दा पटक पटक यस्तो समस्या दोहोरिइरहेकोमा आक्रोश व्यक्त गरे भन्सारबाट राजश्व तिरेर निकालिएर सामान राजश्वको टोली अपराधी पक्राउ गरेजस्तै गरी नियन्त्रण लिएको , के राजश्व तिरेको व्यापारी अपराधी हो ?, उनले भने, ‘सामान व्यापारी कोही इटहरी जाँदैन, कर्मचारीले यही निर्णय गर्नुपर्छ, नत्र हामी यसको प्रतिकार गछौं त्यस्तै व्यापारी सञ्जीव घोषले राजश्व अनुसन्धान कार्यालयको टार्गेट नै भद्रपुरका व्यापारी यहाँका भन्सार कार्यालय रहेकोमा आक्रोश व्यक्त गरे

भन्सारमा राजश्व तिरेको सरसामान गाडी नियन्त्रण लिएर राजश्वको टोलीले ठुलै अपराधी पक्राउ गरे जस्तो गरेर यहाँका व्यापारीलाई धेरै पटक दुःख सास्ती दिइसकेको बताउँदै उनले भने, ‘सरकारलाई राजश्व बुझाएर काम गरी खाने मान्छेलाई व्यापारव्यवसाय गर्नु दिनु पर्छ, नत्र राजश्व अनुसन्धानको टोली भन्सारमा आएर सरसामान काटेर व्यापारीलाई पसल पसलसम्म पुर्याई दिनुपर्यो ?यता व्यापारी नेता, जनप्रतिनिधि आक्रोशित बनेपछि अनन्त अनुसन्धान अधिकृत ओझाले राती साढे बजे वडा प्रहरी कार्यालयका इन्स्पेक्टर दलकुमार राईलाई सामान जिम्मा लगाई गएका थिए ओझाले आज कार्यालयबाट लिखित पत्र आएपछि मात्र सामान छाड्न मिल्ने बताए  

 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment