२०८३ बैशाख २३ गते , बुधबार
देशभर थपिए १०९५ कोरोना संक्रमित, ८ जनाको मृत्यु
झापा । देशभर पछिल्लो २४ घण्टामा १ हजार ९५ जना संक्रमित थपिएका छन्। १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९ सय ७५ तथा एन्टिजेन विधिबाट १ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो अवधिमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ४८ पुगेको ।