यौन लतका लक्षण र यसले पार्ने प्रभाव
झापा । आजकल हाम्रै समाजका केही साथीभाइहरुले आफुलाई यौनको लत लागेको हो की भन्ने चिन्ताले ग्रस्त भएको बताउने गरेको छन् । अनौपचारिक रुपमा उनीहरु हरहमेसा वा दिनहुँ यौन सम्पर्क वा हस्थमैथुन नगरी आफुलाई निन्द्रा नै नलाग्ने बताउने गरेका छन् ।
समाजमा निकोटिन, रक्सी र लागूऔषधजस्ता नशालु चिजको लतसँगै यसबाट हुने नोक्सानीलाई पनि स्वीकार गरिएको छ । तर जब यौन (सेक्स)को लतको कुरा आउँछ, यसमा मानिसहरुको राय बाझिन्छ । केहीले यौनको लतलाई स्वीकार गर्छन्, केहीले यो कुरा मान्दैनन् ।
कतिपय मनोवेत्ताहरु भने सेक्ससम्बन्धी व्यवहारलाई पनि लत मान्छन् । उनीहरु यसलाई लुकेर रहेको समस्या मान्छन् । कुनै पीडा, चिन्ता या आघातलाई बिर्सिन सेक्सलाई मानिसहरुले सहारा लिन्छन् भन्ने उनीहरुको विश्वास छ । सेक्सको लतको धारणा स्वस्थ यौन सम्बन्ध के हो, यससँग जोडिएको नैतिक मूल्यमा आधारित हुन्छ । यदि कोही मानिस आफ्नै तरिकाबाट सेक्स गरिरहेको छ भने ऊ सेक्सको लतको शिकार भएको हुनसक्छ ।
यौनको लत लागेका मानिसले कतिपय अन्य तरहका यौन गतिविधिहरूको पनि सुरुवात गर्ने गर्दछन् । यस स्थितिमा पुगेका मान्छेहरूले यौन सन्तुष्टिलाई भन्दा पनि यौन गतिविधिलाई मात्रै केन्द्रमा राख्ने गर्दछन् । एक शोधका अनुसार सेक्सको लतका शिकार खास गरी जसले धेरै पोर्न हेर्छ, उसलाई हुन्छ । उसको दिमागमा एउटा लागूऔषध लिएको मानिसको दिमागमा जस्तै असर देखिने बताइएको छ । कुनै व्यक्तिलाई सेक्सको लत छ कि छैन भन्ने कुराचाहिँ जटिल कुरा हो ।
यसरी बुझ्न सकिन्छ यौन लत लागेका मान्छेहरुको गतिविधि
–धेरै मान्छेसँग यौन सम्पर्क राख्नु वा जोसँग पायो उसैसँग यौन सम्पर्क राख्नु, असुरक्षित यौन सम्पर्क राख्नु
–अश्लील भिडियो तथा नग्न तस्वीरहरु हेर्न रुचाउनु
–मतिष्कमा अधिक यौन सम्बन्धी कुरा खेलाइ रहनु
–हस्तमैथुनको लत लाग्नु
–विपरीत लिङ्गीका विशेषत भित्रि बस्त्र हेर्न रुचाउनु
–कोही मान्छे अरुले यौन सम्पर्क राखेको देखेर मात्रै पनि आनन्द लिने स्वभावका हुन्छन्
–यौन पार्टनरको इच्छाको कुनै सम्मान नगर्नु
–उत्तेजनालाई नियन्त्रण गर्न नसक्नु –तीव्र यौन आकांक्षालाई रोक्न असमर्थ हुनु
–पार्टनरको इच्छाभन्दा धेरै समयसम्म यौन गतिविधिमा संलग्न हुनु
के कारण हुन सक्छ यौन लत
–मस्तिष्कको प्राकृतिक केमिकलमा असन्तुलन हुनु
–मस्तिष्कमा केही रसायन जस्तो सेरोटोनिन, डोपेमाइन र नोरएपिनेफ्रीनले हाम्रो मुडलाई नियन्त्रण गर्ने गर्छ ।
–मस्तिष्कको तन्त्रिका मार्गमा बदलाव हुनु
– मस्तिष्कको तन्त्रिका तन्त्रमा हुनेवाला बदलावका कारण यौनको लत सुरु हुन सक्छ । यसमा मुख्य रुपले मस्तिष्कलाई पोषण प्रदान गर्नेवाला केन्द्रीय हिस्सा प्रभावित हुन्छ । अन्य खराब लत जस्तै यौन लतमा समेत व्यक्तिलाई समयका साथ सन्तुष्टि या राहत पाउनको लागि अधिक यौन गतिविधि गर्ने इच्छा हुन्छ । मिर्गी वा डिमेन्सिया जस्ता केही रोगका कारण मस्तिष्कको विशेष हिस्सामा नोक्सानी पुग्न सक्छ । मदिरा एवं नशालु औषधिहरूको लतबाट पनि यौन लत शुरु हुनसक्ने विशेषज्ञहरुले बताएका छन् ।
यौन लतबाट छुट्कारा
व्यक्तिका कैयौ खराब बानीहरू वा त्यससँग सम्बन्धित विकारलाई दूर गर्न व्यक्तिको उपचार केन्द्रमा विशेष चिकित्सकको हेरचाह र निगरानीमा उपचार गरिनु पर्दछ । संज्ञानात्मक व्यवहार थेरापीको सहायताबाट पनि यस्तो लत भएका मानिसलाई छुट्कारा दिलाउन सकिन्छ । साथै औषधिको प्रयोगले पनि मानिसमा भएको यौन लतलाई छुटाउन सकिन्छ । यौन उत्तेजना कम गर्नको लागि केही विशेष किसिमको औषधिको प्रयोगले पनि यो लतबाट टाढा गराउन मद्धत पुग्दछ ।
यस समस्यालाई पहिचान गर्ने र यसको लक्षणको उपचार तत्काल सुरु भयो भने यो निको हुन्छ । यसमा यौनको लतको लक्षणको उपचार गर्नुले यसको गम्भीरतालाई कम गर्न सकिन्छ । एउटा अध्ययनले सन् २००० ताका करिब दुईदेखि पाँच प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएकोमा देखाएको थियो । अहिले ३० प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएको उत्त शोधको दावी छ । अश्लील चलचित्र हेरेपछि बालबालिका भने झनै नकारात्मक असर पुग्ने अनुसन्धानकर्ताको भनाइ छ । त्यस्ता बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुचि देखिन थाल्छ । उनीहरुमा यौन सामान्य र सहज हो भन्ने छाप पर्छ जसले उनीहरुको वौद्धिकतामा समेत असर गर्दछ । त्यही र त्यस्तै प्रकारका साथीभाइको संगतले लागुपदार्थको कुलतमा फस्न सक्ने उनीहरु बताउँछन् । –विभिन्न पत्रपत्रिकाको सहयोगमा