२०८३ बैशाख ३ गते , विहीबार

अखिल क्रान्तिकारीको झापाको अध्यक्षमा रञ्जन धमला

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २९ गते , मंगलबार
अखिल क्रान्तिकारीको झापाको अध्यक्षमा रञ्जन धमला
बिर्तामोड ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाको १७ औ जिल्ला सम्मेलनले रञ्जन धमलाको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 
झापाको बिर्तामोडमा मङ्गलवार भएको जिल्ला सम्मेलनले उपाध्यक्षमा सन्दीप प्रसाईँ, नवीन सिटौला, सुरेन्द्र गिरी, लक्ष्मी नेपाल र पूजा कँडेललाई सर्वसम्मत  चयन गरेको हो । त्यस्तै सचिवमा राजन चापागाईँ, सह–सचिव गंडा बस्नेत, अभिजित दवाडी र शेखर भट्टराई चयन भएका छन् भने  कोषाध्यक्ष प्रतिमा गडतौला चयन भएकी छिन् । 

समितिको सदस्यमा सुधीर पौडेल, समिरा मैनाली, प्रकाश लुइँटेल, रिजन राजवंशी, नवराज सुवेदी, विमोचन निरौला, वसन्त ताजपुरिया, हेमकुमारी विष्ट, सूचित निरौला, प्रनिशा गडतौला , देवप्रसाद गणेश , मनीषा फागो, हरि भट्टराई, रोशन भारती, दीपा सोरेन, मनीषा कुमारी राजबशी, सुजन दाहाल, किरण दाहाल, वीरेन्द्र बस्नेत, भूपेन्द्र दाहाल, प्रवीण अधिकारी, सञ्जीव फुयाँल, सञ्जय सम्वाफे, अफताव आलम, विवेक सुवेदी, होमनाथ सुवेदी, वेदु चापागाईँ, नवीन बस्नेत चयन भएका छन् ।

त्यसैगरी सदस्यमा प्रकाश लोहार, निश्चल राई, भवेश दाहाल, नीरज बस्नेत, जीवन भुजेल, उत्सव गोर्खाली, सुमन चापागाईँ, सुशान्त लम्साल, पूजा सिवाकोटी, सुजता बस्नेत, आशिष् दाहाल, राजेश गुरागाईँ, जीवन भुजेल, अर्जुन घिमिरे वि।क।, सविता मार्डि, भिमकुमार अधिकारी, सुजन बुढाथोकी, जीवराज दंगाल, उज्ज्वल ओझा, उज्ज्वल बजगाईँ, दिपेन लिम्बु, विवेक सुवेदी, भेषराज आचार्य, राजीव धिमाल सर्वसम्मत चयन भएका सङ्गठनका पूर्व अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।  

‘शिक्षा, स्वास्थ्य, रोजगार मौलिक हक पूर्ण कार्यान्वयनका लागि हाम्रो आन्दोलन  व्यवहारिक तथा रोजगार मूलक शिक्षा प्राप्तिका लागि १७ औ जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ आयोजित जिल्ला सङ्गठनको सम्मेलन ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन हुँदै सम्पन्न भएको पूर्व अध्यक्ष भट्टराईले बताए ।  

सम्बन्धित समाचार