२०७८ आश्विन ७ गते , विहीवार

जब एक युवकले मोडेललाई फाइव स्टार होटेलमा लगेर...

जब एक युवकले मोडेललाई फाइव स्टार होटेलमा लगेर... :: Times of Pradesh
एजेन्सी । भारतको दिल्लीस्थित चाणक्यपुरी थानामा २२ वर्षकी एक युवतीले आफू करणी भएको भन्दै मुद्दा दर्ता गराएकी छन् । प्रहरीले उनको मुद्दालाई गम्भीरताको साथमा लिएको छ । पीडित युवती मोडेल भएको हुनाले पनि प्रहरीले उनले दर्ता गराएको मुद्दालाई गम्भीर ताका साथमा लिएको हो ।

ती मोडेललाई भेट्नको लागी मुम्बईबाट दिल्ली आएका थिए आरोपी युवक । सोही भेटको क्रममा ती मोडेललाई आरोपीले आफूसँगै फाइव स्टार होटेलमा लगेर करणी गरेको युवतीको भनाई छ । मोडेलको भनाई अनुसार आरोपी युवकले आफूलाई करणी गर्नुको साथै यो कुरा कसैलाई पनि नभन्नु भनेर धम्की पनि दिएका थिए ।

उक्त घटनापछि ती मोडेल सिधै प्रहरी चौकीमा गएर आफूलाई आरोपीले गरेको सबै कुरा प्रहरीलाई सुनाइन् । प्रहरीको भनाई अनुसार उक्त युवक आफ्नो बुवा र आफन्तको साथमा दिल्ली आएका थिए । तर पछि भने आरोपी युवकले पीडित मोडेललाई होटेलमा अलग्गै भेटेर करणी गरेको र धम्की पनि दिएको उनले बताइन् ।

ती मोडेलको भनाई अनुसार २० जनवरीमा आरोपीले उनलाई मेसेज गरेको थियो । उक्त मेसेजमा आरोपीले आफू एक जना आफन्तको विवाहमा दिल्ली आउन लागेको बताएका थिए ।

सोही क्रममा आफूहरू भेट्नु पर्छ भन्ने मेसेज गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । केटाले गरेको सोही मेसेजको आधारमा आफूले सामान्य रुपमा भेटेको तर केटाले भने आफूलाई नसोचेको व्यवहार गरेको कुरा प्रहरीलाई मोडेलले बताएकी छन् । 


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment