२०७८ आश्विन ७ गते , विहीवार

अर्जुनधाराका गोपीको उद्धार, बिर्ता सिटीमा निः शुल्क उपचार

समाचार प्रभाव

अर्जुनधाराका गोपीको उद्धार, बिर्ता सिटीमा निः शुल्क उपचार :: Times of Pradesh

(विनोद सापकोटा) झापा । अर्जुनधारा नगरपालिका ६ का एक युवा उपचारको अभावमा जिउँदो मान्छे कुहिएर बाँचिरहेको समाचार मङ्गलवार सञ्चारमाध्यमले सनसनी मच्चायो । छापा तथा अनलाइन न्युज पोर्टलमा महत्त्वका साथ समाचार प्रकाशन भएपछि झापाका निजी स्वास्थ्य संस्थाका उद्यमीको ध्यान त्यसले खिच्यो ।

वरिष्ठ साहित्यकार तथा समालोचक गोपालकुमार बस्नेतको ध्यान मङ्गलवार बिहान ९ बजे अखबारको पाना र टाइम्स अफ प्रदेश लगायतका अनलाइन न्युज पोर्टलको समाचारले मन तानेपछि उनले पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलका प्रशासन प्रमुख विनोद बस्नेत र जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतलाई फोन सम्पर्क गरे । समाचारका विषयमा वास्तविकता बुझेर अस्पतालका प्रमुख बस्नेतले तत्काल खबर गर्न निर्देशन दिए ।

अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुरले भने, ‘प्रकाशित समाचारले मेरा आँखा रसाए । ‘के गरिबले पैसा नहुँदा उपचार नपाएर मर्नुपर्ने हो रु’ यस्तै यस्तै प्रश्न मनमा उब्जियो ।’ गोपीले उपचार पाए नयाँ जीवन दिन सकिने जनसम्पर्क अधिकारी बस्नेतले ठम्याएपछि तत्काल उद्धार गरेर विर्तासिटी अस्पतालमा ल्याउन अस्पतालका प्रमुख गोपाल बस्नेतलाई जानकारी दिए । 

अस्पताल प्रमुख बस्नेतले एम्बुलेन्समा आफै बिरामीको घरमा पुगेर उनको उद्धार र त्यसपछि तत्काल उपचार सुरु गर्न निर्देशन दिए । नभन्दै बिहान ११ बजे एम्बुलेन्स सहित अस्पतालका जनसम्पर्क अधिकारी बस्नेत गोपीको निवासमा पुगे । उनले समाचार लेख्ने पत्रकारलाई समेत साथै लगेका थिए ।


एक वर्ष देखी ओछ्यान परेर मृत्यु पर्खिरहेका गोपीको घरमा पत्रकार, एम्बुलेन्स, विर्तासिटी अस्पतालका कर्मचारी, सुरक्षा गार्ड सहित पुगेपछि सयौँ स्थानीय भेला भए । उनीहरू मध्ये कतिपय स्थानीयले भनिरहेका थिए ‘पत्रकारले समाचार लेखेपछि एक वर्ष देखी उपचार नपाएर मृत्यु पर्खिरहेका गोपीले उपचार पाउने भएछन् क्यारे ।’  स्थानीयले पत्रकारको खुब प्रशंसा गरेका थिए । स्थानीय विष्णुप्रसाद बञ्जरा भन्छन्, ‘उपचारका लागि पत्रकारको कलम र बिर्ता सिटी अस्पतालको उदारताले गोपीले नयाँ जीवन पाउने भए ।’ 

अर्जुनधारा नगरपालिका–६ लक्ष्मीपुरका २८ वर्षीय युवा गोपी बस्नेतको रकम अभावका कारण उपचार हुन नसक्दा शरीरका विभिन्न भाग कुहिन थालेको थियो । गोपीको सम्पूर्ण उपचार निःशुल्क गर्नुका साथै पूर्ण रुपमा ठिक भएपछि रोजगारीको समेत अवसर दिने अस्पतालका सञ्चालक बस्नेतको भनाई उद्धृत गर्दे प्रशासन प्रमुख विनोद बस्नेतले बताए । अस्पताल प्रशासनका अनुसार गोपीका बुबा बलबहादुरको खाना र बस्ने समेत निःशुल्क अस्पतालले गर्ने छ । बुवा छोराको सहयोगी (कुरुवा) का लागि अस्पताल आएका हुन् ।

गोपीको उपचारमा डाक्टर त्रय विजय केसी, नारायण ताजपुरीया र सञ्जीव चौधरीको टोली खटिएको छ । चिकित्सकका अनुसार गोपीको दुर्बलता के कारणले भयो भन्नेबारेमा सम्पूर्ण मेडिकल हिसाबले चेकपछि मात्रै थाहा हुने छ ।  २८ वर्षीय गोपीको रकम अभावका कारण उपचार हुन नसक्दा एक वर्षदेखि ओछ्यान परेका थिए ।  गोपी यातायात मजदुर हुन् । उनी सार्वजनिक यातायातको यात्रुवाहक बसमा सहचालकको रुपमा काम गर्थे । घरको आर्थिक अवस्था उनको आम्दानीले थाम्न नसकेपछि बुवाको सल्लाहमा उनी डेढ वर्ष अघि भारतको बेङ्लोरमा रोजगारीका लागि गएका थिए ।

कोरोना महामारीका बेला बेङ्लोरमा भएको लकडाउनले उनको रोजगारी खोसिएपछि ६ महिना उनी बेङ्लोरका सडकमा भोकै हुन पुगे । २०१२ सालमा ४ नम्बर भोजपुरबाट बिर्तामोड झरेका बस्नेत अहिलेसम्म बहालमा बस्दै आएका छन् । पहाडबाट मधेस झर्दा उनी रित्तै हात झरेका थिए । ‘उमेर हुन्जेल अरूको घरमा भान्से काम गरे,’ उनका बुवाले भने ‘६६ वर्षदेखि बिर्तामोडमा अर्काको घरमा काम गरेपछि छोराको उपचारका लागि अरूकै सहयोग लिनुपर्‍यो ।’ 




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment