२०७८ आश्विन ७ गते , विहीवार

माधव नेपालको एकीकृत समाजवादी नक्कली पार्टी हो, आगामी चुनावमा वडा सदस्यको सिट पनि जित्दैन : केपी शर्मा ओली

माधव नेपालको एकीकृत समाजवादी नक्कली पार्टी हो, आगामी चुनावमा वडा सदस्यको सिट पनि जित्दैन : केपी शर्मा ओली :: Times of Pradesh

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउन लागी परेका माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी नक्कली पार्टी भएको बताएका छन् । 

नेकपा एमाले जिल्ला कमिटी झापाले मंगलबार बिर्तामोडमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालको पार्टी नक्कली भएकोले आउँदो निर्वाचनमा जनताले उहाँको पार्टीलाई भोट दिँदैन, वडा सदस्यको सिटमा पनि जित्दैन ।  ‘उहाँले पार्टी बनाउन खोज्नु भएको होइन, पार्टी फुटाउन खोज्नु भयो, अध्यक्ष ओलीले भने, उहाँसँग जादु, टुना, मन्त्र केही छैन, उहाँ जनविरोधी हो, कमरेड होइन ।’

अधिकांश समय माधवकुमार नेपालमाथि धावा बोलेका निर्वतमान प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘उहाँले नेपाली राजनीति धुवस्त र परास्त पार्न एमाले फुटाएर तमासा देखाउनुभयो ।’ ‘महाभारतमा भनिएको छ, “जस्तो सुकै पानी मुनि गएपनि कहाँ बाच्ला र दुर्यधन ?” माधवकुमार नेपालको हालत पनि त्यस्तै हुनेछ,’ उनले भने । ‘उहाँले पार्टी फुटाउन खोज्नु भयो, तर चोइटाएर मात्र जानुभयो, मौरीका पछि लाग्नुहोस् साथीहरु झिँगाको पछि होइन,’ उनले भने, ‘अलमलियाका साथीहरुलाई भन्न चाहन्छु, झिँगाको पछि लागेर किन जिन्दगी बर्बाद गर्नुहुन्छ ?, एमाले गुरु पार्टी हो आउनुहोस मिलेर अघि बढऔं ।’

एमाले दुनियाँका प्रतिक्रियाबादीको मुटु हल्लाइदिएको पार्टी भएको बताउँदै उनले भने, ‘केही भुण्ड लिएर  माधवकुमार नेपालले हिडेपनि एमालेलाई केही फरक पर्दैन, जनताबाट निर्वाचित पार्टी भएकोले हामी बिचलित छैनौं, आउने निर्वाचनबाट फेरी बहुमतको पार्टी बन्ने छौं ।’ पिलो निचोरेर बजन घटदैन, एमालेको बजन घटनु भन्दा झन् बढेर गएको उनको भनाई छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रति इंकित गर्दै उनले भने, ‘उहाँ घरपरिवारका सदस्यका लागि राम्रो व्यक्ति हुनुहुन्छ होला तर उहाँ बेइमान र धोकेबाज नेता हुन ।’ उहाँसँग तन्त्रमन्त्र र मायाबी जादु भएकाले सबै उहाँको पछि लागेको व्यङग प्रहार गर्दै उनले भने, ‘निर्दोष कार्यकर्ता मारेर त्यसमाथि राजनीति गर्ने मान्छे हुन् ।’ 

सर्वोच्च अदालतले नेकपा पार्टीको दर्ता खारेज गर्न फैसला सुनाएको थियो, नेकपा पार्टी विभाजन गर्न होइन, उनले भने, पार्टी फुटेको होइन भन्दै प्रचण्ड जीलाई चार पटक फोन गरेर सम्झाउन खोजे, तर उहाँले त्यसलाई मजाक बनाउनुभयो र गुटका साथीलाई लिएर गएर पुनः माओवादी केन्द्र बनाउनुभयो । 

‘हामी अहिले पनि एकीकृत पार्टी हौ,’ उनले भने, ‘माओवादी केन्द्रका साथीहरु हामीसँग हुनुहुन्छ, गुटका पछि लागेका मोआवादी केन्द्रका साथीहरुलाई एकीृकत पार्टीमा आउन अपिल गर्छु ।’सभामुखको प्रशंगमा बोल्दै उनले भने, सभामुख निश्पक्ष नभई पार्टीको कार्यकर्ता भएका कारणले एमालेले संसद अवरोध गरेका हुन् । एमाले सभामुख मान्ने स्थितमा छैन, उनले भने ।    

त्यस्तै एमाले पोलिट ब्युरो सदस्य अग्निप्रसाद खरेलले जनताले पराजय गरेको नेपाली काँग्रेस सत्ता पक्ष अनि जनताले मत दिएर विजय गराउने एमाले प्रतिपक्ष भन्नु कुरा हास्यास्पद भएको बताए ।  ‘पार्टी फुटाउने अध्यादेश ल्याएर संविधानमाथि प्रहार गरेको सत्ताधारी गठबन्धनलाई मेरो आग्रह छ,’ उनले भने, ‘संविधानमाथि आगो लगाउने काम नगरियोस्, जनताबाट आएको संविधान जोगाउन एमाले जस्तो सुकै कठोर कदम चाल्न पनि पछि हटदैन् । पार्टी परित्याग गरी एकीकृत समाजवादीमा लाग्ने कार्यकर्ताहरुलाई पुनः एमाले आउन उनले आग्रह समेत गरेका छन् ।  




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment