२०७८ आश्विन ७ गते , विहीवार

एमसिसीको विरोधमा राप्रपाले झापामा प्रधानमन्त्रीको पुत्ला जलायो

एमसिसीको विरोधमा राप्रपाले झापामा प्रधानमन्त्रीको पुत्ला जलायो :: Times of Pradesh

झापा । पूर्वी नेपालको काँकडभिट्टा नाकामा एमसिसीको विरोधमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।

राप्रपा जिल्ला कार्य समिति झापा र मेचीनगर नगर समितिले सोमबार दिउँसो अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० विरुद्ध विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन्। 

प्रदर्शनकारी राप्रपाकार्यकर्ताले 'एमसिसी चाहिँदैन–देश बेच्न पाईँदैनु, 'राष्ट्रघाती सम्झौता खारेज गर' जस्ता नारा लगाएका थिए। काँकडभिट्टा भन्सारअगाडी भेला भएका उनीहरूले काँकडभिट्टा बजार परिक्रमा गर्दै एसियन हाइवेमा आएर कोणसभा गरेका थिए। कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेताले एमसिसी जस्तो राष्ट्रघाती सम्झौता पास हुन लाग्दासमेत ठूला राजनीतिक दल र तिनका नेता कार्यकर्ताले विरोध गर्न नसकेको आरोप लगाएका थिए।

विरोधसभामा राप्रपा मेचीनगर अध्यक्ष सबिना बजगाईं (कट्टेल), बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, राष्ट्रवादी समाज नेपाल मेचीनगर अध्यक्ष गिरिराजमणि पौडेललगायतले सम्बोधन गरेका थिए। नेताले सम्बोधन गरिरहेका बेला युवा कार्यकर्ताले प्रधानमन्त्री देउवाको पुत्ला सुरक्षाकर्मीको आँखा छलेर जलाएका थिए।

 त्यसपछि सुरक्षाकर्मीले पुत्ला नियन्त्रण लिएर आगो निभाउने प्रयास गरेका थिए। सोही क्रममा प्रहरी र कार्यकर्ताबीच पुत्ला खोसाखोससमेत भएको थियो। सभामा राप्रपा जिल्ला अध्यक्ष केशव ओझा, मजदुर संगठन केन्द्रीय उपाध्यक्ष वसन्त रिमाल, जिल्ला सदस्य सुनिता शर्मा, पार्टीका बुद्धशान्ति अध्यक्ष नारायण न्यौपाने, प्रदेश (ख) अध्यक्ष दीपेश राईलगायत सहभागी थिए। त्यसैगरी राप्रपाले बिर्तामोडमा पनि एमसिसीविरुद्ध आजै विरोध प्रदर्शन गरेका थिए । 




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment