२०८३ बैशाख ३ गते , विहीबार
झापा गाउँपालिकामा काँग्रेसको निर्विरोध नेतृत्व चयन, गाउँ सभापतिमा सागीरथ गणेश
झापा । जिल्लाका स्थानीय तहहरूमा नेपाली काँग्रेसको पालिकास्तरीय नेतृत्व चयनका लागि सकस भइरहेको बेला झापा गाउँपालिकामा निर्विरोध नेतृत्व चयन गर्न सफल भएको छ । यसअघि वडा अधिवेशनमा गाउँपालिकाको सातै वडामा निर्विरोध नेतृत्व चयन भइसकेको छ ।
नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत झापा गाउँपालिकामा सागीरथ गणेशको नेतृत्वमा गाउँ कार्य समिति निर्विरोध चयन गरिएको छ । नेतृत्वलाई सर्वसम्मत बनाउन काँग्रेसका महासमिति सदस्य देउमान थेबेका साथै क्षेत्रीय सभापति जयनारायण शाह, क्षेत्रीय सचिव शिवकुमार कँडेललगायतका नेतृत्वहरुले भूमिका निर्वाह गरेका थिए ।
काँग्रेसमा सक्रिय रुपमा काम गरिरहेका गणेश पहिला क्षेत्रीय सदस्य रहेका थिए । गणेश राजनीतिमा कुनै पद नलिईकन झापा जिल्लाका सबै नेता कार्यक्रर्तासँग परिचित व्यक्ति हुन् । झापा गाउँपालिकामा नेपाली काँग्रेसलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गणेशले प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध कार्यकर्ताको पहिचान बनाएका छन् । गणेश पेसाले एक कुशल र सफल व्यापारी हुन् । गणेशको सभापतिमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल , सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा तथा सहसचिवमा सफिउल्ला अन्सारी रहेका छन् ।
त्यसैगरी सर्वसम्मतबाट चयन भएको वडा कार्य समितिको नेतृत्व लिनेहरूमा वडा नम्बर १ को सभापतिमा कौशलप्रसाद गणेश , सचिवमा कुमार गणेश र कमलबहादुर लिम्बु , वडा नम्बर २ को सभापतिमा द्वारिका खतिवडा , सचिवमा टेकबहादुर कार्की र मोहनकुमार कार्की , वडा नम्बर ३ को सभापतिमा रामराज गणेश , सचिवमा सुवासलाल गणेश र हरिप्रसाद सुवेदी, वडा नम्बर ४ को सभापतिमा फरमान शेख , सचिवमा चन्द्रबहादुर गिरी र जाकिर आलम अन्सारी, वडा नम्बर ५ को सभापतिमा महवुल हक ,सचिवमा जयनारायण गणेश र रामकुमार गणेश , वडा नम्बर ६ को सभापतिमा मनप्रसाद मिश्र ,सचिवमा चन्द्रप्रसाद सिटौला र डिल्लीप्रसाद मैनाली, वडा नम्बर ७ को सभापतिमा तेजबहादुर श्रेष्ठ , सचिवमा नेत्रप्रसाद सिटौला र बालकृष्ण सिटौला रहेका छन् ।