२०७८ आश्विन ७ गते , विहीवार

पेरू माओवादी आन्दोलनका नेता गोन्जालोको जेलमै मृत्यु

पेरू माओवादी आन्दोलनका नेता गोन्जालोको जेलमै मृत्यु :: Times of Pradesh

एजेन्सी । पेरू क्रान्ति तथा माओवादी आन्दोलन 'साइनिङ पाथ'का नेता अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको पेरुको कायालो क्षेत्रको सैन्य जेलमा स्थानीय समयअनुसार शनिबार बिहान मृत्यु भएको हो। उनी छालाको क्यान्सरबाट पीडित रहेका थिए।

पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ'का नेता गोन्जालो सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए। आतंक फैलाएका आरोपमा सरकारले उनलाई आजीवन जेल सजाय दिएको थियो। गोन्जालो दर्शनशास्त्रका प्राध्यापक समेत हुन्। उनको नेतृत्वमा भएको सशस्त्र आन्दोलनमा ७० हजारको ज्यान गएको थियो।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment