२०८३ बैशाख ५ गते , शनिबार

कांग्रेस महाधिवेशनको कार्यतालिका संशोधन, पालिका अधिवेशन असोज ९ मा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २५ गते , शुक्रबार
कांग्रेस महाधिवेशनको कार्यतालिका संशोधन, पालिका अधिवेशन असोज ९ मा

झापा । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ।  प्रदेश र केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अरु तहका अधिवेशनको मिति परिमार्जन गरिएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबार संशोधित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

जसअनुसार अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाहरुमा आगामी असोज ५ गते हुनेछ।  गाउँ-नगरपालिकाको अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते हुनेछ ।

समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवका अनुसार प्रदेश अधिवेशन आगामी कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौंमा हुनेछ। थाहाखबरबाट



सम्बन्धित समाचार