असोज १ बाट विद्यालय खोल्न प्रशासनको अनुमति

झापा । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्रका सबै निजी तथा सामुदायिक विद्यालय असोज १ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको छ। सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुली, जिल्लाभित्रका सबै महानगरपालिका र नगरपालिकाका प्रतिनिधिको संयुक्त बैठकले यस्तो अनुमति दिएको हो। काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जिल्ला प्रशासनले अनुमति दिएकाले स्थिति सामान्य रहेमा असोजबाट विद्यालय सञ्चालन गर्न दिने बताए।
तर यसबारे अन्तिम निर्णय स्थानीय तहले गर्नेछन्। उनले भने,‘आजको बैठकमा जिल्ला प्रशासनले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ, यसबारे अब स्थानीय तहले नै निर्णय गर्ने हो, अवस्था सामान्य भयो भने पुनस् छलफल गरी विद्यालय असोज १ बाटै खोल्न दिन्छौँ।’ नेपालीहरुको महान चाड बडा दशैं नजिकिए पनि लामो समयदेखि विद्यालय बन्द भएकाले एक साता भए पनि सञ्चालन गर्ने सबैको राय सुझाव अनुसार जिल्लाले यस्तो निर्णय लिएको उनले बताए। थाहाखबरबाट