२०८० चैत्र १५ गते , विहीबार

काबुल विमानस्थलबाहिर विस्फोट : १३ अमेरिकी सुरक्षाकर्मीसहित कम्तिमा ९० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ११ गते , शुक्रबार
काबुल विमानस्थलबाहिर विस्फोट : १३ अमेरिकी सुरक्षाकर्मीसहित कम्तिमा ९० जनाको मृत्यु

एजेन्सी । काबुल विमानस्थल नजिकै बिहीबार साँझ भएका विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । उक्त हमलामा परी हालसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ९० भन्दा बढीको ज्यान गएको पुष्टि भएको छ । अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ बम हमला भएको थियो।

विस्फोटमा ज्यान गुमाउनेमा बालबालिकाहरु पनि छन्। आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका थिए। हमलाको जिम्मेवारी इस्लामिक स्टेटको एक सहयोगी संगठनले लिएको छ। यसैबीच सो आक्रमणपछि राष्ट्रपति बाइडेनले जिहादीलाई क्षमा नदिने बताएका छन् ।  

सम्बन्धित समाचार