२०७९ जेष्ठ ८ गते , आईतबार

काबुल विमानस्थलबाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
काबुल विमानस्थलबाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोट भएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले विस्फोटको पुष्टि गरेको बिबिसीले जनाएको छ ।

बिहीबार साँझ भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको तालिबानका एक अधिकारीले पुष्टि गरेका छन् । मर्नेहरू बालबालिका र महिला रहेको ती अधिकारीले जनाएका छन् । विस्फोटमा परेर कैयौँ मानिस घाइते भएका छन् । घाइते हुनेहरूमा तालिबान लडाकु पनि रहेको अलजजिराले उल्लेख गरेको छ ।

बेलायती सेना रहेको एबी गेटमा विस्फोट भएको समाचारमा उल्लेख छ । विस्फोटपछि गोली पनि चलेको छ । यो आत्मघाती विस्फोट भएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलार्ई जानकारी दिएका छन् । अमेरिका र बेलायतले बुधवारदेखि नै काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी दिएका थिए । अहिले विस्फोट भएको गेट विमानस्थलको तीन वटा गेटमध्येको एक हो, जुन चेतावनीपछि बन्द गरिएको थियो ।

सम्बन्धित समाचार