२०७९ जेष्ठ ८ गते , आईतबार

मेक्सिकोमा शक्तिशाली आँधी, कम्तिमा ८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ६ गते , आईतबार
मेक्सिकोमा शक्तिशाली आँधी, कम्तिमा ८ जनाको मृत्यु

एजेन्सी । पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ।  आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ ।

आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको छ। भीषण आँधीका कारण रुखहरु जरैदेखि उखेलिएका छन् भने कतिपय स्थानमा जमिन भासिएको छ।भेरक्रिय राज्यको राजधानी सालापाका कयौं सडकहरु हिलोका नदी बनेका छन्। मेक्सिमा आएको आँधीको गति २०० किलोमिटर प्रतिघन्टा रहेको छ।

सम्बन्धित समाचार