२०८० मंसीर २३ गते , शनिबार

टिकटक, पब्जी र फ्रि–फायरमा प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ४ गते , शुक्रबार
टिकटक, पब्जी र फ्रि–फायरमा प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

काठमाडौं । भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फायरमा प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ । बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्रतिबन्ध गर्न अदालतले आदेश दिएको हो ।अदालतले यस्ता गेम र एपमाथि प्रतिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

डेली स्टार (बंगलादेशी पत्रिका) को रिपोर्ट अनुसार यस्ता एपमाथि प्रतिबन्ध माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायधीश मोजिबुर रहमान मिया र न्यायधीश कमरुल हुसेन मोल्लाह सहितको बेञ्चले यस्तो आदेश दिएको हो । युवा र बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने एपमाथि प्रतिबन्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ, शिक्षाविद् र अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश टेलिकम्युनिकेसन एण्ड रेगुलेसन कमिसन ९बीटीआरसी० लाई आदेश दिनको लागि पनि रिट निवेदकहरुले माग गरेका छन् ।

बंगलादेशमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । यस अघि पनि गत जुनमा बंगलादेशमा पब्जी मोबाइल र फ्रि–फायर प्रतिबन्धको खबरले सनसनी मच्चाएको थियो । बंगलादेशमा मोबाइल गेम पछिल्लो समय निकै लोकप्रिय छन् । यस्ता गेमहरु खेलाडि र कन्टेन्ट क्रियकटरको लागि पेशको रुपमा स्थापित हुँदै आएको एक रिपोर्टमा जनाइएको छ ।

सम्बन्धित समाचार