२०८० चैत्र १६ गते , शुक्रबार

भारतको यूपीमा बस र ट्रक ठोक्किँदा १८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १३ गते , बुधबार
भारतको यूपीमा बस र ट्रक ठोक्किँदा १८ जनाको मृत्यु

एजेन्सी । दक्षिण छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा निकै भयानक सडक दुर्घटना भएको छ। दुर्घटनामा अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्। कयौं मानिस घाइते रहेका भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

पछिल्लो दुर्घटना उत्तर प्रदेशको बाराबंकी क्षेत्रमा भएको हो। हरियाणाको पलवलबाट बिहारतर्फ जाँदै गरेको बसलाई मध्यरातमा ट्रकले ठक्कर दिएको थियो। बसमा १४० यात्री सवार रहेको खुलेको छ। घटनास्थलमै १८ जनाको ज्यान गएको हो।

यात्रीमध्ये अधिकांश हरियाणामा मजदुरी गर्ने बिहारका बासिन्दा थिए। बाराबंकीका एसपी यमुना प्रसादले प्राविधिक समस्या देखिएपछि रोकिएको बसलाई पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको बताएका छन्।  दुर्घटनामा घाइते भएकाहरूलाई उपचारार्थ बाराबंकी र लखनउस्थित ट्रमा सेन्टर लगिएको छ।

सम्बन्धित समाचार