२०७८ श्रावण २१ गते , विहीवार

मोरङमा ५२ व्यावसायिक फर्ममाथि कारवाही

मोरङमा ५२ व्यावसायिक फर्ममाथि कारवाही :: Times of Pradesh

मोरङ । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि  विक्री वितरण गर्दै आएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा  आर्थिक वर्ष २०७७-७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा  सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो ।

तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रु दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए  । 

ती फर्मबाट रु १९ लाख पाँच हजार जरिवाना असुल गरिएको  कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७६-७७ मा २२ फर्ममाथि कारवाही गरी  रु नौ लाख २५ हजार जरिवाना गरेको थियो ।

यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण-संशोधन र दुईसय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ ।  यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत  आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।रासस



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment