२०७८ श्रावण २१ गते , विहीवार

झापामा भयावह अवस्था : कोरोनाबाट एकै दिन सात जनाको मृत्यु, थपिए १८३ नयाँ संक्रमित

झापामा भयावह अवस्था : कोरोनाबाट एकै दिन सात जनाको मृत्यु, थपिए १८३ नयाँ संक्रमित :: Times of Pradesh

झापा । निषेधाज्ञा खुकुलो बनाएसँगै झापा जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्दै गएको छ । जिल्ला दैनिक सङ्क्रमणबाट व्यक्तिले ज्यान गुमाउँदै आएको छ, भने संक्रमणदरको सङ्ख्यामा कमी आएको छैन । जिल्लामा मङ्गलवार एकैदिन मेचीनगरका तीनसहित सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सङ्क्रमणबाट मेचीनगर नगरपालिका ८ निवासी ७० वर्षीया महिलाको मेची अस्पतालमा, मेचीनगर ११ निवासी ७० वर्षीया महिलाको बिर्तासिटी अस्पतालमा, मेचीनगर ९ निवासी २१ वर्षीया महिलाको बिर्तासिटी अस्पतालमा, भद्रपुर नगरपालिका ४ निवासी ५२ वर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा, शिवसताक्षी नगरपालिका १० निवासी ७० वर्षीय पुरुषको आम्दा अस्पतालमा, कनकाई नगरपालिका १ निवासी ७८ वर्षीय पुरुषको आम्दा अस्पतालमा र अर्जुनधारा नगरपालिका ७ निवासी ८० वर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

योसँगै जिल्लामा सङ्क्रमणबाट मृत्यु सङ्ख्या ४०६ पुगेको छ । त्यस्तै आज  १८३ जना नयाँ संक्रमित थपिएका छन् । बिर्तामोडमा ५६, दमकका २२, गौरादहमा १, मेचीनगरमा १७, भद्रपुरमा ३०, कनकाई १४, हल्दिबारीमा १, अर्जुनधारामा १३, बुद्धशान्तिमा ४, कचनकवलमा २, कमलमा ५, शिवसताक्षीमा १२, बाह्रदशीमा २ र ठेगाना नखुलेका २ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या १९ हजार ३४५ पुगेकोमा १४ हजार २२४ जना डिस्चार्ज भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २४३० रहेको छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment