२०८० मंसीर २३ गते , शनिबार

फेसबुकको दुरुपयोग : भद्रपुरमा घट्यो यस्तो घटना, छोराबाटै ठगिए बुबा

sajilo news
पार्थ मण्डल
२०७८ असार १९ गते , शनिबार
फेसबुकको दुरुपयोग : भद्रपुरमा घट्यो यस्तो घटना, छोराबाटै ठगिए बुबा

भद्रपुर । भद्रपुर नगरपालिका-२ विशालपुरमा फेसबुकको दुरुपयोग गरेर छोराले बुबालाई ६५ हजार रुपैयाँ ठगी गरेका छन् । ट्याक्टर सचालन गर्दै आएका ४६ वर्षीय सिंहबहादुर लिम्बुको फेसबुक आइडीको दुरुपयोग गरी उनका २५ वर्षीय छोरा रोमन लिम्बुले बुबाका साथीहरूबाट रकम ठगेका हुन् ।
पीडित बुबाको भिडियो सन्देश नै सार्वजनिक गरी ठगीको घटना खुलासा गरेको हो । पीडित बुबा सिंहबहादुरले भिडियो सन्देशमा छोरा रोमनले २० दिनभित्रमा ६५ हजार रुपैयाँ ठगी गरिसकेको र अरूसँग समेत रकम माग्ने क्रम जारी राखेको जनाएका छन् । रोमनले नै बुबाको फेसबुक आइडी बनाइदिएको र त्यही आइडी दुरुपयोग गरी बुबाका साथीसँग रकम माग्ने गरेको बताइएको छ ।

ठगी गरेर रकम निकालिरहेको बुबाले धेरै पछि मात्र थाहा पाएका थिए । रोमनले बुबाको फेसबुकबाट आपतमा परेको म्यासेज पठाएर आइएमईमार्फत पैसा माग्ने गरेका थिए । पीडित सिंहबहादुरले प्रहरी गुहारेर फेसबुक आइडी बन्द गराउन लगाएका छन् भने आफूलाई नसोधी पैसा नपठाउन सार्वजनिक अपिल समेत गरेका छन् ।

सम्बन्धित समाचार