२०७८ श्रावण २२ गते , शुक्रवार

झापामा २५० जना कोरोनामुक्त हुँदा ४५ जना संक्रमित थपिए

झापामा २५० जना कोरोनामुक्त हुँदा ४५ जना संक्रमित थपिए :: Times of Pradesh

झापा । झापामा शनिबार ४५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा बुद्वशान्ति–४ की ७३ वर्षीया महिला, बाह्रदशी–२ की ६० वर्षीया महिला र मेचीनगर–१३ की ६६ वर्षीय पुरुष रहेको जनाइएको छ । 

थपिएका संक्रमितमध्ये दमकमा ३ महिलासहित १३ जना, बिर्तामोडमा १ महिलासहित ३ जना, मेचीनगरमा २ महिलासहित ३ जना, भद्रपुरमा ४ महिलासहित १० जना, अर्जुनधारामा १ जना महिला, कचनकवलमा ३ जना पुरुष, कमलमा १ जना महिला र शिवसताक्षीमा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।  

योसँगै झापामा संक्रमितको संख्या १२१११, डिस्चार्ज ९३६२, आइसोलेसनमा २४६८ जना, कुल संक्रमित एन्टिजेन १४२२ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २९६ जना र आज निको भएर घर फर्किएका २५० जना रहेको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment