२०७८ श्रावण २२ गते , शुक्रवार

गण्डकीमा काँग्रेसको सरकार, पोखरेल बने नयाँ मुख्यमन्त्री

गण्डकीमा काँग्रेसको सरकार, पोखरेल बने नयाँ मुख्यमन्त्री :: Times of Pradesh

काठमाडौँ ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । पोखरेल नवलपरासी “क” बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर शपथ ग्रहण गर्ने भएका छन् ।

गण्डकी प्रदेशमा ६ मन्त्रालय रहेका छन् । राष्ट्रिय जनमोर्चाले मन्त्रीपरिषद्मा भाग नलिने भएपछि मन्त्रालयको भागबन्डामा काँग्रेस सहित माओवादी र जनता समाजवादी पार्टी छन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेस गर्न आह्वान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । उनको दाबीमा सरकार गठनको स्पष्ट बहुमत देखिएकाले प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment