२०८१ बैशाख ४ गते , मंगलबार

खोलामा करेन्ट लगाएर माछा मार्दा एक दम्पतीको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २९ गते , शनिबार
खोलामा करेन्ट लगाएर माछा मार्दा एक दम्पतीको घटनास्थलमै मृत्यु

झापा । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चोकमा करेन्ट लगाएर माछा मार्दा एक दम्पतीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ वर्षीय हेमसेर राई र उनी श्रीमती २३ बर्षीया शर्मिला राई रहेको प्रहरीले जनाएको छ । 

शनिवार बिहान ६ बजे स्थानीयले घर नजिकै खार्सल खोलामा उनीहरू मृत अवस्थामा फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहरालाई खबर गरेका थिए । घटनास्थलमा उनीहरूले आफू बसेको घरबाट बिजुलीको लाइन जोडी खोलामा लगेको भेटिएको थियो ।

उनीहरूले गत राती के कुन समयमा खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कोठामा उनीहरूको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाइएको हो । 

सम्बन्धित समाचार