२०८० फाल्गुन १० गते , विहीबार

वृद्ध भत्ता बढेर ४ हजार पुग्यो

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १५ गते , शनिबार
वृद्ध भत्ता बढेर ४ हजार पुग्यो

झापा । सरकारले यो वर्ष वृद्ध भत्ता एक हजार बढाएर ४ हजार पुर्‍याएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। यसअघि भत्ता ३ हजार रहेको थियो।

सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो। अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छन्।

सम्बन्धित समाचार