२०७८ बैशाख २४ गते , शुक्रवार

साउनदेखि श्रमिकको मासिक तलब १५ हजार रुपैयाँ, राजपत्रमा सूचना प्रकाशित

साउनदेखि श्रमिकको मासिक तलब  १५ हजार रुपैयाँ, राजपत्रमा सूचना प्रकाशित :: Times of Pradesh

झापा ।  श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन् ।

नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार ६ सय १५ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ ।  एक दिनको तलब ५ सय ७७ र एक घण्टाको तलब ७७ रुपैयाँ हुन आउँछ । दैनिक तलबमा ३ सय ६१ रुपैयाँ आधारभूत पारिश्रमिक र २ सय १६ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ ।

एक घण्टाको तलबमा ४८ रुपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता हुन आउँछ । यसअघि गएको शनिवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको मासिक पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्याउने बताउनु भएको थियो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment