२०७८ बैशाख २४ गते , शुक्रवार

भद्रपुर वाइसिएलको अध्यक्षमा तामाङ र अखिल क्रान्तिकारीको अध्यक्षमा अधिकारी

भद्रपुर वाइसिएलको अध्यक्षमा तामाङ र अखिल क्रान्तिकारीको अध्यक्षमा अधिकारी :: Times of Pradesh

झापा । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) भद्रपुर नगर कमिटी विस्तार गरिएको छ । भद्रपुरमा आयोजित एक कार्यक्रमका बिच बुद्धिमान तामाङको अध्यक्षतामा ४५ सदस्य वाइसिएल नगर कमिटी गठन गरिएको छ । नगर कमिटीको उपाध्यक्षमा आशिष् खनाल, उपाध्यक्षमा बिकी राई, सचिवमा रविन लिम्बु, सहसचिवमा निरप्रसाद अधिकारी, सहसचिवमा विवेक राई र कोषाध्यक्षमा कमला दास (लिम्बु) निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सन्तोष ढुङ्गाना, टीका तामाङ, सुदन राई, विजेन्द्र राजवंशी, विकास राजवंशी, सूर्य राजवंशी, विजय राजवंशी, सन्दीप राजवंशी, सञ्जीव मगर, राम गुरुङ, पदम लिम्बु, अमित तामाङ, सुनिल लिम्बु लगायत रहेका छन् ।

त्यस्तै अखिल क्रान्तिकारी भद्रपुर नगर समिति पनि गठन गरिएको छ । नगर समितिको अध्यक्षमा प्रवीण अधिकारी, उपाध्यक्षमा दिनेश लिम्बु, सचिवमा सञ्जीव कुमाल, सहसचिवमा विपिन ओइत र कोषाध्यक्षमा अरुण नेपाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रञ्जन खतिवडा, रोशन भारती, रोजन थपलिया, निश्चल कठयता, सुनमिराज भण्डारी, लविन माझी, मणिकला मगर, रवि धमला, कबिर राजवंशी लगायत रहेका छन् । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment