२०८१ बैशाख ८ गते , शनिबार

रोकिएन तस्करी धन्दा, ट्रकसहित १६ पोका कपडा बरामद

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १० गते , शुक्रबार
रोकिएन तस्करी धन्दा, ट्रकसहित १६ पोका कपडा बरामद

झापा । भारतबाट भन्सार छली भित्राएको कपडा प्रहरीले इटहरीबाट बरामद गरेको छ । भन्सार छली सामान आउँदै गरेको सुचना पाएको प्रहरीले इटहरीको नविल वैंक छेउवाट टाटाको मिनि ट्रक र चालक सहित ठुलो परिमाणमा कपडा वरामद गरेको हो ।

प्रहरीले को १ ख १७९० नम्वरको मिनि ट्रकमा रहेको करिव १६ बोरा कपडा बरामद गरेको हो । बरामद सामानमा ४४ बोरा कुर्ता सरुवाल , ३५६ थान सारी , ३२५ थान गम्छा र ९७ थान बेहुली सारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी गराएको छ । 

बरामद सामान , गाडी सहित चालक सुनसरीको बुर्जु गाउँ पालीकाका शिवचन्द्र चौधरीलाई आवश्यक कार्वाहीको लागि राजश्व अनुशन्धान कार्यालय ईटहरी बुझाएको प्रहरीले बताएको छ । 

सम्बन्धित समाचार