२०८३ बैशाख ३ गते , विहीबार

राप्रपाको प्रदेश अधिवेशन : झापा १ अध्यक्षमा राजकुमार र दीपेश

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २६ गते , विहीबार
राप्रपाको प्रदेश अधिवेशन : झापा १ अध्यक्षमा राजकुमार र दीपेश

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य झापाले जिल्लामा एकता अधिवेशनसँगै नयाँ नेतृत्व चयन कार्यलाई तीव्रता दिएको छ । सोही सन्दर्भमा राप्रपाले झापा क्षेत्र नम्बर १ (क) र (ख) को प्रदेश अधिवेशन बिहीबार मेचीनगरमा सम्पन्न गरेको छ । अधिवेशनबाट झापा १ (क) मा राजकुमार राईको अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको छ ।

त्यस्तै झापा १ (ख) मा दीपेश राई (गोरे)को अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको जनाइएको छ । केन्द्रीय सदस्य माया गुरुङको अध्यक्षता तथा राप्रपाका नेता राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यमा अधिवेशनमा सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार