२०८२ बैशाख १२ गते , शुक्रबार

फेरि बढयो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १२० पुग्यो

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २२ गते , आईतबार
फेरि बढयो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १२० पुग्यो

झापा । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ। आज एक सूचना जारी गर्दै निगमले पेट्रोलको नयाँ खुद्रा मूल्य १२० रुपैयाँ कायम भएको जनाएको छ। साथै डिजेल मट्टीतेलमा पनि दुईरदुई रुपैयाँका दरले बढाइएको उल्लेख गरिएको छ। 

त्यस्तै एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको जनाइएको छ। नयाँ समायोजनपछि पनि निगमलाई पेट्रोलमा अझै ७ रुपैयाँ ३९ पैसा घाटा रहेको उल्लेख गरिएको छ।  निगम घाटामा गएको भन्दै सरकारले पछिल्लो निकै पटक इन्धनको मूल्य बढाउँदै आएको छ। बढेको मूल्य चैत २२ आइतबार १२ बजेदेखि लागू हुने जनाइएको छ। 

सम्बन्धित समाचार