२०८२ बैशाख ५ गते , शुक्रबार

झापा गाउँपालिकामा आगलागी, चार वटा पशु-चौपाया जलेर मरे

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २१ गते , शनिबार
झापा गाउँपालिकामा आगलागी, चार वटा पशु-चौपाया जलेर मरे

झापा । झापा गाउँपालिका २ बालुवाटारमा आगलागी हुँदा चार वटा पशु चौपाया जलेर मरेको छ । शनिवार साँझ पौने ७ बजे स्थानीय दिलबहादुर लिम्बुको घरमा आगलागी हुँदा उनको एउटा गाई , एउटा बाछी र दुई वटा सुँगुर जलेर मरेको हो । घरसङ्गै जोडिएर रहेको भान्साबाट सल्किएको आगोले लिम्बुको ग्वाली घर जलेर नष्ट भएको प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार