कांग्रेसले छिट्टै सरकारको विकल्प खोज्नु पर्छ : प्रकाशमान सिंह
.jpg)
झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेसले संसदमार्फत नै वर्तमान सरकारको विकल्प खोजी गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन झापाको आयोजनामा बिहीबार बिर्तामोडमा सम्पन्न पत्रकार भेटघाटमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले वर्तमान सरकारको निरन्तरता देशका लागि दुर्भाग्य हुने बताउँदै सरकारको विकल्प खोजी गर्ने धारणा राखेका हुन् । वर्तमान प्रधानमन्त्री के।पी। ओलीसँग नैतिकताको न पनि नभएको टिप्पणी गर्दै नेता सिंहले भने–‘कम्युनिष्टसँग नैतिकताको न पनि हुँदैन रहेछ । नैतिकता हुन्थ्यो भने वर्तमान प्रधानमन्त्रीले संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेलगत्तै राजीनामा दिनुपथ्र्यो ।’ ओलीले यही चैत २३ गतेभित्र विश्वासको मत संसदबाट लिनुपर्ने भए पनि उनले आनाकानी गरिरहेको नेता सिंहको टिप्पणी थियो ।
‘जनताको बहुमत प्राप्त गरेपनि कम्युनिष्ट पार्टीको सरकार असफल हुनु दुर्भाग्यपूर्ण छ’, नेता सिंहले भने –‘केपी ओलीलाई अब पनि सत्तामा रहिरहन दिनु भनेको देशको वर्वादी मात्रै हो ।’ वर्तमान प्रधानमन्त्रीले निरन्तर लोकतन्त्रविरोधी कार्य गरिरहेको आरोप लगाउँदै नेता सिंहले लोकतन्त्रको संरक्षणका लागि कांग्रेसले छिट्टै सरकारको विकल्प खोज्ने समेत दोहो¥याए ।
ओलीले अहिले पनि संघीयता स्वीकार नगरेको आरोप लगाउँदै नेता सिंहले केन्द्रीकृत मानसिकताबाट माथि उठ्न नसकेकै कारण प्रधानमन्त्रीले शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्नुको सट्टा राज्यका निकायहरुलाई आफू मातहत नै राखेर संघीयताविपरित अभ्यास गरिरहेको आरोप लगाए ।