२०८१ जेष्ठ १३ गते , आईतबार

होलीकै दिन फलाम प्रहार गरी एक जनाको हत्या

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १६ गते , सोमबार
होलीकै दिन फलाम प्रहार गरी एक जनाको हत्या

झापा । सुनसरीमा होलीकै दिन फलामको खन्तीले भुँडीमा हानेर एक जनाको हत्या गरिएको छ । सुनसरी इटहरी २ बस्ने ५५ वर्षीय जीवन रेग्मीले सोही स्थानका ५० वर्षीय केशव कार्कीको हत्या गरेको प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो साढे १ बजे रेग्मीले पहिलाको विवादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी गम्भीर घाइते बनाई फरार भएका थिए । घाइते कार्कीको धरानमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको थियो । फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार