२०८३ बैशाख ३ गते , विहीबार
करेन्ट लागेर बालिकाको मृत्यु, रुखले किच्दा तामाङको
झापा । सुनसरी र ताप्लेजुङमा छुट्टाछुट्टै दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । सुनसरीको बर्जू ६ बस्ने ११ बर्षीया अञ्जली मेहताको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार बिहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा बिद्युत सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । त्यस्तै ताप्लेजुङ मिक्वाखोला १, सिमले बस्ने २८ वर्षीय मन कुमार तामाङको रुखले किचेर मृत्यु भएको छ ।
कात्तिके सामुदायिक जङ्गलमा दाउरा काट्न चिलाउनेको रूख काटी ढाल्ने क्रममा उक्त रूखले किच्दा तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।