२०८१ मंसीर २७ गते , विहीबार
भद्रपुरबाट ब्राउन सुगरसहित फेरि दुई जना पक्राउ
झापा । झापामा प्रतिबन्धित लागू औषधको कारोबार र प्रयोग बढ्दै गएको पाइएको छ । लागू औषधसहित प्रत्येक दिन कोही न कोही पक्राउ पर्ने गरेका छन् । यसै क्रममा लागू औषध ब्राउनसुगरको कारोबार गर्दै गर्दा दुई जना आइतबार भद्रपुरबाट पक्राउ परेका छन् । आइतबार दिउँसो बजे भद्रपुर नगरपालिका १० भृकुटी चोकमा सोही ठाउँ बस्ने ३९ वर्षीय माइक मर्डीको घरमा शङ्का लागेर जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा किनबेच गर्न लागेको अवस्थामा १६ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित उदयपुर बेलका नगरपालिका घर भई हाल कचनकवल ६ बस्ने २१ वर्षीय रोशन मगरलाई नियन्त्रणमा लिएको छ । मर्डी र मगर दुवै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याई राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।