२०८२ असार २ गते , सोमबार
झापामा ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ वर्षीय सुवास लिम्बूलाई ५ ग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।